छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

बुटवल । नवलपरासीको रामग्राम नगरपालिका-१० नदवास्थित सडकमा युपी ५६ एबी ५५३७ नम्बरको मोटरसाइकल र ना. ५ . ८२९५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा घाइते भएका रुपन्देही रोहिणी गाउँपालिका-४ का रामलखन चौधरीको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको बिहीबार मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका अन्य दुई जनालाई भने पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ।

त्यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-८ भैसहियास्थित सडकमा लु.४०प. ७३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने १९ वर्षीय बसन्त खत्रीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस