श्रीमानले लिए कुटेर श्रीमतीको ज्यान

नेपालगञ्ज । आफनै श्रीमानको कुटाइबाट नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको मृत्यु भएको छ ।

बुधबार साँझ ललिताको शव श्रीमान शिवकुमार लोधले ड्रममा लुकाएर राखिएको अवस्थामा फेलापरेको बाँकेका प्रहरी उपरीक्षकले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षकका अनुसार, विद्यालयबाट फर्केका छोराले घरमा आफ्नी आमालाई नदेखेपछि सोधीखोजी गरी होहल्ला गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो ।

ललितालाई जीवित रहेको अनुमानमा शिक्षण अस्पताल नेपालगञ्ज पुर्याइए पछि चिकित्सकले केही घण्टाअघि नै मृत्यु भएको बताएका थिए ।

दिनहुँ जसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको मौका पारी ललितालाई कुटेर हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाको जानकारी पाए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मृतकका श्रीमान शिवकुमारसहित दुईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी उपरीक्षकले बताउनुभयो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस