अल्लो व्यवसायमा छायो निराशा

दाङ । घोराही उपमहानगरपालिका–१८ मा महिलाहरुले अल्लो व्यवसाय गर्दै आएका हुन् । तर अहिले जिल्लामा अल्लो व्यवसाय संकटमा पर्दै गएको छ ।

बजारको अभाव भएको कारण महिलाले दाङका विभिन्न स्थानमा अल्लोको धागोबाट उत्पादन गरेका सामग्रीका लागि व्यवसाय समस्या भएको र विदेशी सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्दा अल्लो व्यवसायको बिक्री–वितरण घटेको हो ।

सचिव ओलीले एक समय अल्लो व्यवसायतर्फ आकर्षण बढ्दै गएको थियो । खासगरी घरायसी कामकाजमा व्यस्त रहने महिला यो व्यवसाय घरमै बसेर पनि गर्न सकिने भएकाले आत्मनिर्भर बन्दै गएका पनि थिए, ‘तर, अहिले व्यवसाय संकटमा पर्दै गएको हो, भनि जानकारी दिनुभयो।

लगानीअनुसारको प्रतिफल प्राप्त नहुँदा व्यवसायी तथा पेसामा संलग्न अन्य व्यक्ति निराश बन्न थालेको हो ।

घोराही–१८ की अल्लो व्यवसायी सरिता विश्वकर्माका अनुसार अल्लोको धागोबाट ज्याकेट, कोट, पाइन्ट, टोपीजस्ता कपडा तथा जुत्ताचप्पललगायत सामग्री निर्माण हुँदै आएका छन् । विगतमा हातले बनाउँदा सबै किसिमका सामग्री निर्माण गर्न नसकिए पनि अहिले मेसिनको प्रयोगले सम्भव भएको छ । तर पनि विदेशी सामान जति मुलायम र मसिनो आकार दिन नसक्दा बिक्री–वितरणमा समस्या भएको हो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस