समयमै पुल नबन्दा बर्षेनी सास्ती

दाङ । जिल्लाको घोराही–तुलसीपुर तथा लमही घोराही सडक खण्डमा समयमै पुल बन्न नसक्दा खोलाहरुमा सावरी साधन र नागरिकहरुले बर्षेनी सास्ती पाउने गरेका छन । लमही–घोराही हुँदै तुलसीपुर सडक अन्तर्गत आधा दर्जन खोलाहरुमा पुल निर्माणको काम सुरु भएपनि लामो समयसम्म पुल बन्न नसक्दा बर्षादको समयमा सवारी साधन र पैदलयात्रुहरुले दु.ख पाउने गरेका छन ।

पुल निर्माणमा सम्वन्धीत निकायले ध्यान नदिँदा दुई बर्षमा निर्माण गरिसक्नुपर्ने पुलहरु पाँच बर्ष वितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेका छैनन् । जसले गर्दा घोराही–तुलसीपुर तथा लमही–घोराही सडक खण्डमा आवाजावत गर्ने यात्रुहरुले सास्ती पाउने गरेका छन ।

जिल्लाको घोराही–लमही सडक खण्ड अन्तर्गत बबई नदि, सिस्ने खोला र कुटवा खोलामा पुल निर्माणको काम भईरहेको छ । कुटवा खोलामा पुल निर्माणको काम सम्पन्न भएपनि सल्याव निर्माणमा समस्या रहेको भन्दै ठुला गाडी चलाउन दिइएको छैन ।

समयमै पुल निर्माण नहुँदा सवारी साधान चलाउन समस्या हुने गरेको सवारी चालक सुशील चौधरीले बताए । विगत तीन बर्षदेखि घोराही–तुलसीपुर सडक खण्डमा बस चलाउदै आएका उनले बर्षादको समयमा खोलामा भल आउँदा घण्टौ कुनुपर्ने बाध्यता रहेको बताए । ‘घोराही–तुुलसीपुर सडक खण्डमा मात्र ६ वटा खोलाहरु रहेका छन । अहिलेसम्म कुनै पनि खोलामा पुल निर्माणको काम सकिएको छैन’,चालक चौधरीले भने,‘ पुल निर्माण भईरहेको खोलामा गाडी चलाउन झन समस्या रहेको छ ।’

पिच सडक भत्काईएको र पुल निर्माणको कामले गर्दा खोलामा खाडल भएका कारण गाडी चलाउन झन समस्या रहेको बताए । घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत गुज्रे खोला, पत्रे खोला, संक्राम खोला र ग्वार खोलामा पुल निर्माणको काम भईरहेको छ । सेवार खोला र हापुल खोलामा अझै पुल निर्माणको काम भएको छैन । यसबर्ष गुर्जे खोला र संक्राम खोलाको पुल निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालयले बताएपनि असार महिना सकिनै लाग्दा समेत सडक निर्माणले पूर्णता पाउन नसक्दा बर्षातको समयमा खोलाहरुमा घण्टौसम्म बस्नुपर्ने बाध्यता रहेको छ । बर्षादको समयमा खोलाहरुले साना गाडीहरुलाई बगाउने समेत गरेको छ ।

लिलाधर वली

वली दाङका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस