तातो डिजेल शरिरीमा पर्दा घाइते

दाङ । देउखुरीमा तातो डिजेलले पोली एक जना कामदार घाइते भएका छन । आइतवार दिउँसो गढवा गाउँपालिका–४ गोविन्दनगर–खडकपुर सडक खण्ड पिच गर्ने क्रममा प्रिमिक्स नामक मेसिनमा डिजेल राख्ने क्रममा तातो डिजेल शरीरमा पर्दा सप्तरी जिल्ला कुनौली गाउँपालिका–५ कोइलाडी निवासी १८ बर्षीय दिपक शरदार घाइते भएका हुन ।

उनको कम्मरदेखि तलको भाग र दाहिने हातमा पोलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

घाइते शरदारको लमही अस्पतालमा परम्भीक उपचार प्रश्चात थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

लिलाधर वली

वली दाङका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस