करेन्ट लागेर देउखुरीमा सहचालकको मृत्यु

दाङ । देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो आइतबार करिव ११ बजे लमही नगरपालिका–७ सम्राट सिमेन्ट उद्योग नजिक अर्जुन खोलामा फसेको रा १ क १६६० नम्वरको टिप्पर निकाल्ने क्रममा विद्युतको तार छुनगई घाइते भएका जेसीवीका सहचालक प्युठान जिल्ला प्युठान नगरपालिका–९ मरेङ बस्ने २७ बर्षीय खेतुलाल घर्तिमगरको मृत्यु भएको हो ।

खोलामा फसेको टिप्परलाई बा २ क ५६३९ नं. नम्वरको जेसीवीले निकाल्ने क्रममा विद्यतुको तारछुदा घर्तिमगर घाइते भएका थिए ।

घाइते घर्तिमगरको देउखुरीमा रहेको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोद विक्रम शाहले जानकारी दिए ।

लिलाधर वली

वली दाङका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस