नेपाली कांग्रेसको कार्यकर्ता भेला सम्पन्न

भैरहवा। नेपाली कांग्रेस नगर वडा कार्य समिति वडा नम्बर ३ को कार्यकर्ता भेला पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ मा १ सय ५० भन्दा बढी ब्यक्ति अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसको सदस्यता लिएको नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति मातृका प्रसाद यादवले जानकारी दिई ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका यादवले अहिले बिशेष गरि युवा वर्गको चासो नेपाली कांग्रेस तर्फ बढ्दै गएको बताए । उनले सरकारको दुई तिहाई दम्भका भरमा ल्याएको दमनकारी निति जनताले नरुचाएको स्पष्ट भएको टिप्पणी गरे । सरकारको बिभिन्न कदमले नेपाली कांग्रेस प्रति स्वतः जनताको भुकाव बढाएको उनले बताए ।

बिशेष गरि नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको अहिले लर्को लागेको उनले दावी गरे । यसको नतिजा भैरहवामा मात्र हैन रुपन्देहीमै देखिन थालेको उनले बताए । यस्तै अवश्थामा आफ्ना कार्यकर्तालाई उनले जनताको मन जित्ने गरि काम गर्न समेत आग्रह गरे ।

नेपाली कांग्रेस नगर वडा कार्य समिति वडा नम्बर ३ को बुथ सभापति चन्द्रबली यादवको अध्यक्षता तथा २ नम्बर क्षेत्रका क्षेत्रिय सभापति मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य बिष्णु थापा, क्षेत्रिय उपसभापति पुरन कुमार श्रेष्ठ, क्षेत्रिय सचिव शुसिल गुरुङ्ग लगायतले बोलेका थिए । बुथ सचिव चन्द्र बहादुर पुनको सञ्चालन तथा क्षेत्रिय प्रतिनिधि रविन सिंह रानाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस