ज्येष्ठ नागरिक सम्मान पाएपछि दङ्ग

पाल्पा । रम्भा गाउँपालिका पाल्पाका ज्येष्ठ नागरिक सम्मान पाएपछि दङ्ग छन् । गाउँपालिकाले गाउँपालिकाभरिका करीब ५०० ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

पाँच वडा रहेको गाउँपालिकाका पाँचै वडाका नागरिकलाई मिठा खानेकुरा, फलफूल न्यानो कपडालगायत नगदले सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । कतिपयले घरपरिवारले समेत उमेर ढल्कँदै गएपछि माया, सम्मान नगरेका बेला गाउँपालिकाले गरेको सम्मानले आफूहरुलाई जीवन जिउन थप हौसला मिलेको बताएका छन् ।

रम्भा गाउँपालिका–२ का ज्येष्ठ नागरिक तुलवीर सिंजापतिले गाउँपालिकाले आफूहरुलाई निकै माया गरेको अनुभव सुनाउनुभयो । “उहाँले उमेर ढल्कँदै गएका वृद्धवृद्धालाई स्याहार्नको दुःखले वृद्धाश्रम लैजाने गरेको सुनेको थिएँ, मलाई त उल्टै स्थानीय सरकारले सम्मान ग¥यो निकै खुशी लागेको छ ।” उहाँ भन्नुहुन्छ, “सरकारले वृद्धभत्ता पनि बढायो, कसैले नहेरे पनि आफँै स्वरोजगार भएझैँ लागेको छ ।”

गाउँपालिका–२ मा ७५ वर्षमाथिका ९३ वृद्धवृद्धालाई नगद तथा ब्ल्याङ्केट वितरण गरिएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, बीमा तथा परिचयपत्र वितरण गर्न लागेको वडाध्यक्ष उमानसिं सारुले जानकारी दिनुभयो । रासस

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस