दाङमा चट्याङबाट ३ बालकको मृत्यु

दाङ  । दाङमा चट्याङ्ले तीन बालकको मृत्यु भएको छ । एक जना बालक घाइते भएका छन् ।

मंगलबार साँझ ६.१५ बजेतिर परेको चट्याङ्ले राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाट निवासी ११ बर्षीय रमित चौधरी, ११ बर्षकै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक विनोद विक्रम शाहले वताएका छन् ।

चट्याङ लागेर विनास चौधरीको भाई ८ वर्षीय अविनास चौधरी घाइते भएका छन् । उनको उपचार भैरहेको छ ।

प्रहरीका अनुसार राप्ती गाउँपालिका ४ स्थित मौरीघाट माध्यामिक विद्यालयको छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटना स्थलमै मृत्यु भएको हो ।

लिलाधर वली

वली दाङका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस