सुरई नदिमा पौडि खेल्दा ३ जनाको मृत्यु  

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ मा रहेको सुरही नदिमा पौडी खेल्ने क्रममा विजयनगर गाउँपालिकाका ३ जना युवाहरुको डुबेर मंगलबर मृत्यु भएको छ ।

विजयनगर गाउँपालिका वडा नं. ६ का आषिस भट्टराई, निराजन भुसाल, सुमित सुनारको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बड्दो गर्मि छल्न गाउँपालिकाबाट सुरही नदिमा पुगेका ४ जना युवाहरु मध्ये एक जना पौडि नखेलि बाहिर बसेको र मृतक ३ जना पौडि खेल्दा नदिको गहिराईमा पुगी डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार गौरा भट्टराइका छोरा आषिस, कमला भुसालका छोरा निराजन र माया सुनारका छोरा सुमित रहेको र तिनै जना १७ देखि १९ बर्ष सम्मका रहेको पारिवारिक स्रोतले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको र मृतकहरुको पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस