मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु

नवलपरासी । पूर्वपश्चिम राजमार्गमा दुर्घटनामा परी एकको मृत्यु एक घाइते भएका छन् । नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो ।

उनलाई उपचारको लागि चितवन लगिएको थियो । उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक बुलिङटार–३ का ३७ वर्षीय विष्णु निर्मल गिरी घाइते भएका छन । उनको अवस्था भने गम्भीर रहेको छ । घाइते गिरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस