श्रीमानलाई भेटेर आएको १५ दिन नपुग्दै गरिन आत्महत्या

बुटवल  । भारतमा गई श्रीमानलाई भेटेर फर्किएको १५ दिन नपुग्दै गुल्मीकी एक महिला घरमै रहस्यमय रुपमा मृत फेला परेकी छन ।

गुल्मीदरबार गाउँपालिका ७ चारपालाकी ३७ वर्षीय मिना थापा सोमबार बिहान आफ्नै घरको पानीट्याङ्कीमा ढुबेको अवस्थामा मृत फेला परेकी हुन ।

घटना स्थलमा पुगेर मुचुल्का तयार गरि शव पोस्टमाटमको लागी जिल्ला अस्पतालमा ल्याईएको र घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामप्रसाद यादवले जानकारी दिए । उनका श्रीमान राम बहादुर थापा भारतको रोजगारमा गएका छन ।

३ महिना अघि पाठ्यघर सम्बन्धि उपचार गर्न भनी उनि श्रीमानलाई भेट्न भारत गएको र १५ दिन अघि मात्र घर आएको उनको घरमा भाडा लिई मेडिकल सन्चालन गर्दै स्वास्थ्यकर्मी रामकृष्ण कंडेलले बताए ।

उनका अनुसार गएराति छोरीसंगै सुतेको बिहान उठेर पानी भर्ने क्रममा घरमा बस्नेहरूले उनलाई ट्याङ्कीमा डुबेको अवस्थामा देखेका थिए । उनले सुसाईड नोट मार्फत घरको लेनदेन, हिसाब किताब सबै देखाईकी थिईन ।

दराजमा रहेको धनमाल समेत उल्लेख गरेको स्थानीयले बताए पनि प्रहरीले उक्त सुसाईड नोटको कुरा उल्लेख गर्न चाहेन । उक्त सुसाईड नोट उनले लेखेको वा अरुले लेखेको पनि हुन सक्ने भएकोले त्यसैलाई आधार मान्न नहुने प्रहरीको भनाई छ ।

उनका श्रीमान आजै घरतर्फ हिडेको बताईएको छ । उनीहरुको पुर्खौली गाउँ सिमिचौरमा पर्दछ । उनीहरु एकदशक अघि देखी माईतीगाउँ चारपालाको ठुलाचौर बजारमा घर बनाई बसेका थिए । उनका १२ वर्षीया १ छोरी र ७ वर्षीय १ छोरा रहेका छन ।

प्रेम सुनार

सुनार अतिथि सम्पादक हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस