ग्रामीण महिला सरसफाइमा

लम्की । एकाबिहानै गाउँमा महिलाको समूह सडकमा देखियो । सडकभरि महिला मात्रै थिए । उनीहरु सबैको हातमा केही न केही वस्तु थियो । कसैका हातमा झाडु, कसैको हातमा हसिया, कसैको हातमा कोदालो थियो त कसैको हातमा छिट्नी ९डालो० थियो । ती महिला जानकी गाँउपालिका–८ भगरैयाका थिए ।

उनीहरु स्वस्र्फूत रुपमा गाउँ सरसफाइ अभियानमा जुटेका थिए । उनीहरुले ‘आफ्नो गाउँघरको सरसफाइ आफैबाट र आफ्नो गाँउबाट’ भन्ने अभियानसहित सरसफाइका लागि सडकमा निस्किएको बताएका छन् ।

स्वच्छ सफा गाउँघर बनाइ स्वस्थ रहन सहयोग पु¥याउन जानकी भगरैयाका महिलाहरु सामूहिक रुपमा टोलबस्तीका सडकमा सरसफाइ गर्न थालेका स्थानीय रुपमती चौधरीले बताउनुभयो । वर्षातको समयमा विभिन्न सरुवा रोगको संक्रमण तथा प्रकोप देखा पर्ने भएकाले रोग तथा प्रकोपबाट बच्न पूर्व सचेतना स्वरुप सरसफाइ गरिरहेको डम्बर शाहीले बताउनुभयो ।

“घरको सरसफाइले मात्र स्वच्छ वातावरण बनाउन सकिदैन”, उहाँले भन्नुभयो, “घरवरपरको वातावरण सफा हुनुपर्छ, एक जनाले सरसफाइमा लाग्दैमा गाउँघर सफा हुँदैन भनी गाउँ नै स्वच्छ सफा राख्न आमा समूहमा आबद्ध महिलाहरु अभियानको रुपमा लागेका छौँ ।” महिलाहरुले हरेक महीनाको दुई दिन गाउँभरी सरसफाइ गर्ने निर्णय गरेका छन् ।

आमा समूहमा आबद्ध ३० महिला सडकमा भएका खाल्डाखुल्डी पुर्ने, झारपात उखेल्ने र सडकमा पशु नबाध्न आग्रह गर्न थालेका छन् । महिलाहरुले सडकमा बाध्ने गरेका पशुलाई हटाउने, सडकमा भएको फोहर वस्तु हटाउने कार्य गरिरहेका महिला स्वास्थ्य स्ंवयम् सेविका निर्मला थापाले बताउनुभयो ।

उहाँले सरसफाइको माध्यमबाट महिलालाई एकजुट बनाउने कार्यसमेत भएको बताउनुभयो । “आमा समूहमा गाउँका अन्य समस्यामा पनि छलफल गर्छौँ”, उहाँले भन्नुभयो, “गाउँघरमा व्याप्त छाउपडी प्रथा हटाउनका लागि पनि योजना बनाउँदै छौँ । महिनावारी भएका बेला सरसफाइ आवश्यक पर्छ तर घरबाहिर राख्ने परिवारलाई सार्वजनिक गर्ने काम अब समूहले गर्नेछ ।” सरसफाइ कार्यमा आउने महिलालाई विभिन्न स्वास्थ्यसम्बन्धी जानकारी दिने कार्यसमेत गर्न थालेको आमा समूहका अध्यक्ष मधु शाहीले बताउनुभयो ।

गाउँकै पहलमा प्रत्येक महीनाको १० गते बैठक बस्ने र समसामयिक विषयमा छलफल गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । “महिलाका समस्या, टोलका समस्याबारे छलफल गरी कार्य गरिरहेको छौँ । अहिले सडक सरसफाइमा केन्द्रित छौँ”, उहाँले भन्नभयो, “कहिले सुरक्षित मातृत्व सेवामा केन्द्रित हुन्छौँ, कहिले बालबालिकाको पोषण सुधारको कार्यमा हुन्छौँ ।”

महिलाहरुले सामाजिक, सांस्कृतिक, विकासात्मक कार्यमा अग्रसर भई हातेमालो गर्न थालेका वडा नं। ८ का वडाध्यक्ष डम्बरबहादुर थारुले बताउनुभयो । महिला समूहमार्फत सामाजिक कार्यमा अग्रसर हुँदा समुदायको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ । समूहमा सामाजिक काम गदै जाँदा महिलाको नेतृत्व विकासमा समेत सहयोग पुग्ने भएकाले महिलामा ऊर्जा थप्न यस्ता खाले अभियान गर्न आवश्यक रहेको महिला अधिकारकर्मी गीता चौधरीले बताउनुभयो । रासस

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस