तीनदिने आइओटी सम्बन्धी प्रदर्शनी सुरु सफ्टवरिकामा

काठमाडौं  । राजधानीमा मंगलबारदेखि आइओटी इन्टरनेट अफ थिङ्स सम्बन्धी तीनदिने प्रदर्शनी सुरु भएको छ । ‘सफ्टवरिकाले कलेज अफ आइटी एन्ड इ–कमर्स’ले कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापनलाई स्मार्ट बनाउने विषयमा विद्यार्थीहङले तयार पारेका नमुनाहरूको प्रदर्शनी थालेको हो ।

डिल्लीबजारस्थित कलेजको ब्लक ई–मा भइरहेको प्रदर्शनीमा स्मार्ट स्कुल तथा कलेज, स्मार्ट पार्किङ, स्मार्ट होटेल तथा रिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारीसाधनसहित स्मार्ट सिटीको नमुना राखिएको छ । आउँदो बिहीबारसम्म चल्ने प्रदर्शनीमा सफ्टवरिका कलेजमा कम्प्युटिङ विषयमा स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत १ सय ४४ विद्यार्थीले तयार पारेका ८० वटा स्मार्ट सोलुसनका मोडल राखिएको छ ।

प्रदर्शनी अवधिभर सूचना प्रविधिमा भविष्य बनाउन चाहने विद्यार्थीका लागि विशेष कार्यशालासमेत सञ्चालन गरिने आयोजकले जनाएको छ । उक्त कार्यशालाको संयोजन सूचनाप्रविधिसम्बन्धी बेलायतको प्रसिद्ध कभेन्ट्री विश्वविद्यालयकी एकेडेमिक पार्टनरसिप म्यानेजर एबी लिटलरले गर्ने बताइएको छ । -नयाँ पत्रिका

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस