निर्धनले सम्झौता कार्यान्वयन नगरेको भन्दै यूनियनको ज्ञापनपत्र

बूटवल । निर्धन उत्थान लूवित्त वित्तीय संस्थाको प्रतिष्ठान स्तरको ट्रेड यूनियनलेविभिन्न  सत्रीय माग सहित ब्यवस्थापन समक्ष ज्ञापन पत्र बूझाएको छ ।

ज्ञापन पत्र बूझाउँदै यूनियनका महासचिव कुशलबाबु नेपालले विभिन्नसमयमा कर्मचारीसँग गरेका सम्झौता ब्यवस्थापन पक्षले नजरअन्दाज गरेकोभन्दै यसपटक पनि मागहरु सम्बोधन नगरे चरणवद्ध आन्दोलन घोषणागर्न यूनियन बाध्य हुने बताएका छ्न ।

यूनियनले कर्मचारीको सरुवा बुवा समयमा हुनुपर्ने, आर्थिक सहित नीतिगतकुरालाई पारदर्शी र व्यवस्थित गर्न पनि माग गरेको छ । उता, संस्थाका नायवमहाप्रवन्धक राजनारायण दासले ज्ञापन पत्र बुझ्दै ब्यवस्थापन पक्षलेयूनियनले अगाडि सारेका मागहरू समयमा सम्बोधन गर्ने प्रतिवद्धता व्यक्तगरे ।

तीन दिन सम्म चलेको बैठकमा यूनियनले प्रमुख कार्यकारी अधिकृतजनार्दन देव पन्तसँग बसेर निकास निकाल्न लचकता देखाउँदा समेत प्रमुखपन्त सम्पर्कमा नआएपछि यूनियन पदाधिकारी आक्रोशित भएका थिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस