दाना नलाग्ने मकैले डुबायो कृषकलाई

चितवन । भरतपुर चोकबजारका कृष्णप्रसाद तिमल्सिनाले गत वर्ष दुई बिघा जग्गा भाडामा लिएर मकै खेती गरेका थिए । दुई बिघामा लगाएको मकैबाट २ लाख १५ हजार रुपैयाँ आम्दानी भएपछि उनले यस वर्ष थप १६ कट्ठामा मकै लगाए । तर, अम्दानी बढाउने उद्देश्यले लगाएको उन्नत जात ९हाइब्रिड० मकैले उनलाई डुबाएको छ ।

तिमल्सिनाले भारतको नुजिविडु सिड्स लिमिटेडले उत्पादन गरेको श्रेष्ठा जातको मकै लगाएका थिए । तर, मकैमा दाना नै लागेको छैन । ‘मकैका घोगा हेर्दा ठुलै छ र एउटै बोटमा चाररपाँच घोगा पनि लागेको छ,’ उनले भने, ‘तर, कुनैमा पनि घोगामा दाना लागेको छैन ।’

चोकबजारकै ऋषिराम चापागाईंले पनि ६ कट्ठामा श्रेष्ठा जातकै मकै लगाएका छन् । घोगा लाग्नुअघि मकैको बोट निकै राम्रो थियो । गत वर्षकोभन्दा राम्रो आम्दानी लिन सकिने भन्दै उनी मख्ख परेका थिए । तर, मकैमा दाना नै नलागेपछि उनी अहिले मकै काटेर धमाधम गाई–भैँसीलाई घाँसका रूपमा खुवाउँदै छन् ।

मकैखेती गर्न मल, बिउ, ज्यालासमेत गरेर प्रतिकट्ठा तीन हजारजति खर्च लाग्छ । भरतपुरको गीतानगर र शुक्रनगर क्षेत्रका अधिकांश कृषकले श्रेष्ठा जातको मकै लगाएका थिए । उनीहरूले नारायणगढकै सहयोगी एग्रोभेटबाट किलोको पाँच सय रुपैयाँमा बिउ खरिद गरेका थिए । सबैको मकैका घोगामा दाना छैन ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस