देवकुमार नेपालीको यात्रा : ट्याक्टर देखि हेलिकप्टर सम्म

  • एक समय झुुपडीका देवकुमार नेपालीको अहिले आलिशान महलको छतमा हेलिकप्टर , जुन सफलताको राज श्रीमतिको साथ
  • बुटवल । ‘म वुर्तिबाङ्गको पुरानो ब्यापारि हुँ । गुल्मीको तम्घासबाट किराना समान ल्याएर विक्रि गरिन्थ्यो । कुनै समय तम्घासबाट सामनहरु ल्याउन मैले ट्याक्टर समेत पाईन । मट्टि तेलको ढोल बोेकेर तम्घास रातडाडाँ हुँदै वुर्तिबाङ्ग हिडेर आएको सम्झाना अझै ताजै छ ’– बाग्लुङ्गको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले भावुक हुँदै भने–‘ अहिलेको मेरो यो सफलता कठोर संघर्षको प्रतिफल हो ।’

    देवकुमार नेपाली कुनै समय वुर्तिबाङ्गका ठुलाबडाहरुको कपडा सिलाउने ‘लाले दमाई’को छोराको नाम हो । सामन्य खरको छाना भएको झुपडी , ठुलो पानी आएको बेला ओढारमा पस्नु पर्ने स्थिती भएको कुनै समयको परिवार । बालेघरे दुई चार माथी  अन्न ल्याएर बाबुले कपडा सिलाएर हुर्काएका थिए देवकुमार सहितका छोराछोरीहरुलाईं ।

    ढोरपाटनमा धेरै दलितहरुको नागरिकतामा यस्तो नाम पनि देखियो –‘ कुकृुरे कामी , कुकर्नी कमिनी , मसाने कामी, च्याङ्गे कामी जस्ता घृणित नामहरु । झन उति बेला उनका बाबु लालबहादुर परियारलाई लाले दमाई भनेर नपुकार्ने त कुरै भएन । उनका पछाडी देवकुमारलाई पनि ‘देवे दमाई’ भन्थे ठुला बडाहरु ।

    उनका पछाडीको त्यही देवे दमाई आज ढोरपाटन नगरपालिकाको मेयर देवकुमार नेपाली भए पछि र हिजो ‘जदौं प्रभु’को नमस्कार दिने उहि दमाईको छोरालाई नमस्कार मेयर साव भन्नु पर्ने अवस्था आउँदा कतिपय गैह्र दलितको टाउँ दुखाई भएको वुर्तिबाङ्गका दलित अगुवा अशोक बिश्वकर्मा बताउँ छन ।

    ‘दलितको छोरा माथी पुग्यो भने डाहा गर्दै मेयर नेपाली माथी मात्रै नभै सिङ्गो दलित समुदाय माथी नै प्रहार गर्ने षडयन्त्र भएकोले , त्यस विरुद्ध बाग्लुङ्ग क्षेत्र नम्वर २ का दलितहरु जुरुक्कै उठे’– क्षेत्रिय दलित सञ्जाल बाग्लुङ्गका संयोजक समेत रहेका बिश्कर्माले भने–‘ अहिले सम्म कै देशको ऐतिहासिक र सबै भन्दा ठुृलो संख्यामा दलितहरुको विशाल आमसभा भयो , यो त एक सुरुवात मात्रै हो , अरु थप जुृर्मुराउँदै छन ।’

    झुपडी देखि हेलिप्याड सहितको महल सम्म

    त्यही झुपडीको छोरो , त्यही ढाडमा कपडा सिलाउने कल बोकेर घर घरमा पुग्दै कपडा सिलाउने दमाईको छोरा जसले अहिले वुर्तिबाङ्गमा अर्को शान खडा गर्यो । त्यो शान थियो आठ तले आलिशान महल । जुन महलको छतमा ल्याण्ड हुन्छ हेलिकप्टर ।

    त्यसैमा विदेशी पर्यटकहरुका लागि सुविधा सम्पन्न होटल दरवार सञ्चालन हुँदैछ । जुन भवन पश्चिम नेपालका ठुला भवन मध्ये एक पर्दछ । भवन भित्रको सजावट हेर्दा मानिसहरु थप चकित पर्दछन ।

    कुनै दिन देवकुमारको दशा

    उनले संघर्षका ती कठिन दिनहरुको स्मरण गर्दागर्दै गला अवरुद्ध पार्दै थपे , घाम पानी भनिएन, चप्पलका तुना छिनेर खाली खुट्टा भारि पनि बोकियो । खच्चड खेत्दै र भारी बोक्दै हिड्दाको ती क्षण मेरो जिवनमा अगाडी बढ्ने उर्जा हुन ।

    अहिले म हेलिकप्टरमा उडेको कतिपयले डाह गर्छन तर उति बेला मैले वुर्तिबाङ्ग देखि माथी ढोरपाटन सम्म मुस्कीलले ट्याक्टरमा यात्रा गरेको त्यति बेला कठैबर भन्ने को थिए र ? अहिले बेला बेलामा हेलिकप्टर चढ्न पाए पनि विगतमा मैले धेरै पटक सम्म ट्याक्टरमा कष्टकर यात्रा गरेको म कहिललै भुल्न सक्दिँन ।’

    उनले आफ्नो अतित ओकल्दा कोखमा बसेकी श्रीमति छेला नेपालीको आँखा रसाई रहेको थियो । उनले श्रीमान कै मुद्रामा भनिन –‘हाम्रो विवाह हुने बेला सम्म पनि उहाँ सघर्ष कै मैदानमा हुनुहुन्थ्यो, मैले उहाँलाई साथ दिएर ब्यापारमा हामी सफल हुँदै आयौं , अहिले हाम्रो सघर्षको कठिन यात्रा नबुझी केही भाईहरुले कहाँबाट आयो यत्रो सम्पत्ती भनेर जथाभावी लेख्नु हुन्छ म भन्छु आउनुहोस हामी संग बुझ्नु होस र थाहा पाउनु होला ।’

    मेयर नेपाली भन्छन –‘ यो घर त मैले म आफै मात्र धनी हुन बनाएको होईन । सिङ्गो ढोरपाट धनी होस, पछाडी परेका यहाँका जनजाती , दलित र अन्य जो कोही गरिव विपन्नको जिवनमा सुधार आओस , ढोरपाटनमा पर्यटकहरु भित्राउन सकियोस भन्ने उद्देश्यले बनाएको हुँ ।

    घरको छतमा हेलिप्याड भए पछि सिकिस्त विरामीले तत्काल उपचार पाओस भन्ने पनि मेरो अर्को उद्देश्यले हो । म संग आथाह सम्पत्ति भएर बनाएको पनि होईन । कुनै पनि क्षेत्रको विकासका लागि कसै न कर्सैले केहि न केही त गर्नै पर्छ ।

    त्यो गर्ने आँट मैले गरेको हुँ । ब्यापार , ठेक्का पट्टा के गरिन मैले ? त्यसका वावजुद पनि मैले जति कमाएँ त्यो भन्दा बढि साथ र सहयोग यीनै मेरी श्रीमति र ससुरालीबाट पाएँ । यो सफलताको राज यीनै मेरी श्रीमति हुन ।

    मलाई हेलिकप्टर चढेको धेरैले रिस गर्ने गरेका छन । तर शान देखाउनका लागि वा कुनै सरकारी रकमबाट चढेको छैन । मेरा अमेरिकामा रहेका साला साली लगायतका तमाम ससुरालीहरु हुनुहुन्छ ।

    मेरो हेलिकप्टर भाडाको पेमेन्ट उहाँहरुले नै गरि दिर्दै आउनु भएको छ । हामी छोरी ज्वाँईलाई पुगे सम्मको सुविधा दिलाउने उहाँहरुको धोको छ त अरु रिसाएर के गर्ने ? मेरो छोराको पनि नेपालमा ठुलै ब्यवसाय छ र युकेमा रहेकी बुहारीले पनि राम्रो कमाई गर्छिन ।

    उनले पनि हामीलाई समाज सेवाको क्षेत्रमा काम गर्न थप बल पुराएकी छन । मेरो घरहरुबाट आउने भाडाको रकम शैक्षिक र घरवास विहिनहरुको घर बनाउने काममा खर्च गर्ने गरेको छु । यसरी मैले मेरो कमाईबाट घर बनाएको छु र पो मैले त्यसको भाडाबाट घर नभएकाहरुलाई घर बनाई दिन सकेको हुँ ।

    एक घर दुई समुदाय

    मेरी श्रीमति तिब्बतियन बुद्धिष्ट हुन । उनि र मेरा ससुराली दुखी गरिवहरुलाई सहयोग गर्न चाहनुहुन्छ , मेरी श्रीमति पनि गरिव असाहयहरुको उपकार गर्नु पर्छ भन्ने भावना राख्छीन ।

    उनि पछाडी परेका जनजाती दलित समुदायको उथान गर्ने कुरामा जोड दिन्छिन । म दलित समुदायकै गरिवी र विभेदको पिडा खेपेरै यहाँ सम्म आएको मान्छे हुँ । तर म सवैजात जाती, वर्ग समुदायको जनप्रतिनिधी भएको हैसियतले मेरो समुदायलाई मात्र हेर्न मिल्दैन । पछाडी परेको जुन कुनै समुदायका जनतालाई माथी उकास्न चाहन्छु र यो मेरो कर्तव्य पनि हो ।

    मैले अगाडी सारेका योजना र कार्यक्रमहरुमा मलाई यहाँका सवै राजनैतिक दलका नेता कार्यकर्ता देखि विकास प्रेमी सबैको साथ छ । त्यसका वावजुद पनि एकाधा विरोधी नहुने त कुरै भएन ।

    मैले गाडी चढ्ने पैसाले जनतालाई किने ट्याक्टर

    मैले देखेको छु म जस्तै तमाम जनप्रतिनिधीहरुले सेतो प्लेट राखेर चिल्ला गाडी चढेर हिड्नु हुन्छ । मलाई पनि रहर लाग्दो हो तर मैले सोचे, म हिजो समान बोक्ने ट्याक्टर समेत नपाएर हिडेर भारी बोक्न बाध्य थिएँ ।

    यो नगर भए पनि विकट गाउँ हो , यहाँका जनता वुर्तिबाङ्ग देखि भारी बोकेर उपभोग्य बस्तु लैजान बाध्य छन भने म सरकारी पैसाले चिल्लो गाडीमा गुड्नु भन्दा उनिहरुलाई ट्याक्टर किन्नु पर्छ भनेर मैले सरकारी पैसाबाट आफ्नो लागि गाडी किनिन ।

    मेरै गाडीमा चढेको छु र जनतालाई ट्याक्टर खरिद गरेर दिएको छुृ । मैले बृद्ध बृद्धा , अपाङ्ग , असाहयहरुलाई यातायात सेवा दिने घोषणा गरेको थिएँ , सोही अनुरुप यहाँबाट पोखरा सम्म फ्रि बस सेवा, एम्वुलेन्स र अति सिकिस्तलाई मेरै घरको छतबाट हेलिकप्टरमा पठाउने गरेको छु ।

    हेलिप्याड भन्दा तल दुई वटा कोठामा उपचार कक्ष चलाईएको छ । जहाँ गम्भीर विरामीलाई सिरिन्ज चलाएर हेलिकप्टरमा राखेर लगिन्छ । यो होटल मात्र होईन जनताकोा उपचार गर्ने थलो समेत हो । मेरा बाबु आमाले समयमा उपचार पाउन नसकै कारण मृत्युु भएको थियो ।

    मेरा छोराले एकदिन न एक दिन राजाको सिन्दुर पहिरिन्छ भन्नु हुन्थ्यो । दुर्भाग्य आज म मेयर भएको खुशी र सफलता उहाँहरुले देख्न नपाएकोमा मेरो मुुटु भक्कानिन्छ । म हिजोको विपन्न परिवारको मान्छे हुँ । हिजो म जस्ता विपन्न परिवारलाई कर तिराएर मैले तलव सुविधा लिन चाहिन । यहाँ सम्मकी मैले नगरपालिकाको कार्यालय ब्यवस्थापन समेत मेरो ब्यक्तिगत खर्चले गरेको हुँ ।

    लिलाम विक्रि घरको कथा

    बुवा पछि वुर्तिबाङ्ग बजारमा मैले बनाएको घर मेरो संघर्षको ईतिहास हो । जुन घर वुर्तिबाङ्ग बजारमा पहिलो आरसिसी घर पनि हो । मैले सोही घर जमानत राखेर नेपाल राष्ट्र बैंकबाट ऋण लिई ब्यापार गरेको थिएँ । यहाँका केहि मानिसहरुले म नभएको बेला राष्ट्र बैंकलाई उक्साएर लिलाम गराईयो ।

    पछि म फर्केर विभिन्न सहयोगीहरुको साथ लिएर उक्त पैसा तिरेर लिलाम विक्री गर्न थालिएको घर मुक्त गराएको हुँ । मेरो पसलको काँचो र सुद्ध कपडा समेत दमाईले छोएको कपडा नकिन भनिन्थ्यो ।

    महँङ्गो हुँदा मेरो पसलको चिनी चलेन । सस्तोमा बेच्न थाले पछि चल्न थालेको कुरा मैले यस अघि पनि ब्यक्त गरेको छु । जातिय विभेद तथा छुवाछुत दलितहरुको मात्रै समस्या होईन । यो सबै जाती र सिङ्गो देशको समस्या वा कलंक हो भन्ने मेरो बुझाई छ ।

    खच्चड देखि हेलिकप्टर सम्म

    आर्थिक कम्जोरी कै कारण दलित समुदाय अरुको दासत्व भोग्न र अपहेलित हुन परेको मैले पाएँ । एक त हामी गरिब भए पनि सुख छैन धनी भए पनि सुख छैन । गरिब भए हेप्छन धनी भए रिस डाह गरेर कसरी तल झारौं भन्नेहरु हुँदो रहेछन । मेरो बारेमा पनि हिजो त्यही भयो आज पनि त्यही गरिदै छ ।

    नकमाई हुँदैन भनेर मैले हरेक व्यवसाय गरे । पसल संगै मैले ढोरापाटन शिकार आरक्ष देखि सेना प्रहरीलाई राशनको ठेक्का पनि मैले लिएँ । मैले थुप्रै खच्चडहरुमा पनि सामान ढुवानी गराएँ । घर जग्गा कारोवार पनि गरें ।

    बडिगाडका धेरै पुलहरुको पनि मैले ठेक्का लिएर बनाएँ । पछि पोखरा गएँ । श्रीमति ससुरालीको साथ पनि पाएँ । ठुलो साईकल शोरुम खोलियो । हरेक मानिसले गर्न पाउने बैधानिक कुनै पनि काम गर्नबाट म पछाडी हटिन । आँट साहस गरिरहें, म माथी आउने हरेक चुनौती संग लडे ।

    त्यसैको प्रतिफल स्वरुप केहि कमाईयो पनि । तर मेरो यो कमाई मेरै मात्र हो भन्ने मैले ठान्दिँन । बिशेष गरेर मेरो यो सम्पत्ति यहाँका दलित समुदायको हो भन्ने ठान्छु । मैले जति कमाउँछु उति गरिब विपन्न र असहायहरुको उत्थानमा खर्चिन्छु ।

    उनकी श्रीमति भन्छिन–‘ हामीलाई किन सम्पत्ति चाहियो ? एउटा छोरा छ , एउटी छोरी र नातिनी छन । छोरा आफैले प्रशस्त कमाउँ छन , बुहारीको कमाई उत्ति नै छ । हामीले धन भन्दा धेरै मन कमाउन चाहन्छौं । कमाएको सम्पत्ति असहायहरुमा खर्च गर्दा हामी आनन्दित हुन्छौं ।

    व्यक्तिगत खर्चबाट ५८ जना शिक्षकलाई तलव

    मैलै गरिव बेरोजगार दलित र जनजातीहरुलाई तत्काल सानो तिनो रोजगार दिनु नै थियो । कैयौं विद्यालयमा शिक्षक दरवन्दी नपाएर चलाउन मुश्कील परेको पाएँ । त्यस्ता विद्यालय छनौट गरि मैले ५८ जना निजी श्रोतका शिक्षक राखेर तलव खुवाउँर्दै आएको छु । प्रति शिक्षक धेरै तलव दिन त सकिन । तै पनि पढेर खाली बस्नु भन्दा थोरै भए पनि आय श्रोतको बाटो होस भनेर मासिक ६ हजारका दरले तलव खुवाउँदै आएको छुृ ।

    यसो गर्दा समेत फेसबुकमा मेरो आलोचना गरिन्छ । मेयरले शोषण गरेर मान्छे कजाएको छ भनिन्छ । मैले नियुक्ति गरेको हो र ? मैले त मेरो तर्फबाट प्रति शिक्षक ६ हजारका दरले तलव दिन्छु , विद्यालय आफैले शिक्षक नियुक्ति गर पो भनेको हुँ ।

    त्यो भन्दा बढि तलव विद्यालय श्रोतले दिलाओस वा मैले मात्रै दिएको त्यही थोरै तलवमा पनि उनिहरु सन्तुष्ट छन भने अरुलाई किन आपत्ती ? मैले शोषण गरेकी थोरै भए पनि बेरोजगारलाई राहत दिलाएँ ? मलाई त्यसरी आलोचना गर्नेहरुले मैले दिने गरेको ६ हजारमा केहि हजार थपेर दिन्छु भनेर घोषणा गरि दिए जनताले कति स्वागत गर्ने थिए होला ?

    आफुले भने एक जनालाई पनि रोजगार दिन नसक्ने , म आफु एक्लैले ५८ जनालाई रोजगारी दिदा भने शोषण गर्यो भन्न लाज नमान्ने ? हरेक बोरामा एउटा कुहेको आलु जस्तै हरेक समाजमा पनि त्यस्तै व्यक्ति हुँदा रहेछन ! सकरात्मक कामलाई समेत नकरात्मक प्रचार गरेको प्रति असाध्धै दुख लाग्छ ।

    यद्यपी म त्यस्ता आलोचकहरुको लज्जास्पद आलोचनाबाट कत्ति पनि विचलित नभई समाजमा सके सम्मको सेवा गर्छु । मैले यसो गर्र्दा कोही डाहले जल्छन भने यो मेरो समस्या होईन यो उनकै व्यक्तिगत समस्या हुने छ ।

    मैले धेरै कम्युटर कक्ष सञ्चालन गर्न त सकिन तर १५ / १६ जति विद्यालयहरुलाई कम्प्युटर दिएको छु । म खेलाडी ब्यागराउण्डको व्यक्ति भएकोले युवाहरुलाई क्लवको माध्यमद्धारा संगठित बनाई उनिहरुको खेलकुद विकास र अन्य प्रतिभा प्रस्फुठित गराउन सकियोस भन्ने कुरामा जोड दिर्दैं व्यक्तिगत सहयोग समेत गर्दै आएको छु ।

    मेरो जस्तो घर लिलाम अवको युवाहरुको हुन नपरोस । युवाहरु खाली बस्न नपरोस भनेर उपभोक्ता समिति मार्फत विकास निर्माण कार्य सञ्चालन गरिदै आएको छ ।

    तर दुर्भाग्य हाम्रा कतिपय जनप्रतिनिधीहरुलाई आफ्नै भाई–भतिजा , साला , जेठान लगायतका आफन्त राख्न नपाएर म माथी मुद्धा मामिला गरियो ।

    अदालत र न्यायधिशहरुले सबै कुरा बुझैर सत्यको पक्षमा फैसाला गरे । भ्रष्टचार गर्यो भनेर मलाई मुद्धा हाल्नेहरुले आखिर मुद्धा हारे । छातीमा हात राखेर भन्छु म राज्यकोे र जनताको एक सुको नखाई समाज सेवामा निरन्तर समाज सेवामा आफुलाई समर्पित गरिरहने छु ।

    प्रेम सुनार

    सुनार अतिथि सम्पादक हुन् ।

    बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

    प्रतिकृया दिनुहोस