सालझण्डी जंगलमा १ पुरुषको शव फेला

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डी सामुदायिक वनमा एक जना पुरुषको शब फेला परेको छ ।

अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने पुरुषको शव जंगल गएका स्थानीयले देखेपछि आज दिउसो ११:४५ बजे प्रहरीलाई खबर गरेका थिए ।

खबर प्राप्त गर्न साथ इलाका प्रहरी कार्यलय सालझण्डीको टोली प्रहरी घटनास्थल पुगेका हुन।  शवको प्रकृती हेर्दा हत्या गरेर केही दिन अघि फालेको जस्तो प्रहरीको आशंका छ । प्रहरीले अहिले शव र त्यस क्षेत्रको अनुसन्धान गरीरहेको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस