बिपदमा परेकालाई सैनामैनाले गर्यो सहयोग

सैनामैना । सैनामैना नगरभित्र बिभिन्न कारणले बिपदमा परेर क्षती भएका घर परिवरलाई सैनामैना नगरपालिकाले आर्थिक सहगोगे गरेको छ ।

हावाहुरी ,आगोलागी लगायतका कारणले क्षती भएका बिभिन्न ७ घरपरिवारलाई हिजो सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले राहत रकम हस्तान्तरण गर्नु भएको हो ।

राहत हस्तान्तरण गर्दै सैनामैनाका नगर प्रमुख कार्कीले आपद बिपद बिना कुनै जानकारी बिना एक्कासी आउने हुदा यसमा परेकाहरु पिडामा हुने हुदा र उहाहरुको पिडा केही कम गराउन सैनामैनाको बिपद ब्यवस्थापन समिति मार्फत निर्णय गरी केही रकम सहयोग गरीएको बताउनु भयो ।

भबिष्यमा आई पर्ने बिपदको लागी समेत नगरपालिकाले योजना बनाई रहेको बताउदै अन्तरपालिका बिपद ब्यवस्थापन समिति समेत बनाएर बारुण यन्त्र ल्याउन लागिएको बताउनु भयो ।

हावाहुरीले घरको छानो उडाएका सैनामैना ७ का किस्मती थारु ,सुमित्रा देबी दमाई टेलरमा आगलागी भएका सैनामैना ४ को पुजन टेलर्स ,गाईगोठमा आगलागी भएको बिष्णु माया पौडेल, अन्नतराम थारु, खेत बहादुर थारु र हस्त बहादुर बि.क लाई आज राहत रकम हस्तान्तरण गरीएको हो ।

हावाहुरीले घरको छानो नै उडाएको दुखको समयमा राहत दिएर आफुहरुको पिडामा सहयोग सम्बोधन गरेकोमा नगरपालिकाले प्रशासनिय काम गरेको सुमित्रा देबी दमाईले बताउनु भयो ।

बिधुत सट भएर पसलमा आगो लागी भए पछि कसरी पुनः पसल संचालन गर्ने भन्ने चिन्ता रहेको अवस्थामा नगरपालिकाले दिएको राहतले पुनः पसल संचालन गर्न सहयोग भएको पुजन टेलर्सका संचालक सैनामैना ५ का शिव कुमार परियार बताउनु हुन्छ ।

सैनामैना नगरपालिकाले यस अघि पनि सैनामैनामा आई पर्ने बिपद ब्यवस्थापन गर्नको निम्ती यहा रहेका दुई वटा प्रहरी चौकीमा बिपद ब्यवस्थापनको निम्ती आवश्यक पर्ने बिभिन्न साधन र उपकरण हस्तान्तरण गरेको थियो ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस