नदिजन्य पदार्थमा स्थानीय तहको मनपरी

कञ्चन । रुपन्देही र कपिलबस्तु जिल्लाको सिमा कोठी नदिमा स्थानीय तहले नै अबैध रुपमा उत्खलन गरेका छन । रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ अन्र्तगत रुद्धपुर सामुदायिक बन र कपिलबस्तुको सीमानामा रहेको कोठी नदिबाट अनुमती बिना नदिजन्य पदार्थ निकाशी भएको छ ।

प्राकृतिक श्रोतको संरक्षण गर्नु पर्ने दायित्य रहेको स्थानीय तहले नियमको धजी उडाउँदै मनोमर्जी रुपमा कञ्चन गाउँपालिकामा जेशिबी प्रयोग गरी नदिजन्य पदार्थको उत्खलन गरी अबैध रुपमा विक्री वितरण गरेको हो ।

नदिजन्य पदार्थको उत्खलनको स्थानीय तहको सिफारिसमा जिल्ला समन्यव समितिबाट नदि क्षेत्रको अनुगमन गरी आई ई.ई.परिक्षण गरी अनुमती दिनु पर्ने नियमवाली रहेको छ । तर कुनै पनि प्रक्रिया पुरा नगरी कोठी नदिमा कञ्चन गाउँपालिका वडा नं.५ ले विकास निर्माणको बाहानामा अबैध रुपमा नदिजन्य पदार्थ निकासी गरेको छ ।

लु १ क १९८४ र बा २ क २७१२ नम्बरको जेसिबी प्रयोग गरी अबैध रुपमा नदिमा दोहोन भएको स्थानीयले गुनाशो गरेपछि प्रहरीले उक्त सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

स्थानीय तहले बिनियोजन गरेको बजेट दुरुपयोगी गरी अबैधत रुपमा नदिजन्य पदार्थको उत्खलन भएको स्थानीय प्रेम प्रसाद पोखरेलले बताए । अबैध रुपमा नदिजन्य पदार्थ उत्खलन भएपछि स्थानीय समेत विरोध जनाएका छन ।

स्थानीय तहले प्राकृतिक श्रोत र साधनको संरक्षण गर्नुको साट्टो नियमको धज्जी उडाउँदै चोरी निकासी गरेको स्थानीयले आरोप लगाएका छन । सम्बन्धी निकायको अनुमती बिना नदिजन्य पदार्थ दोहोन भएपछि उत्खलनमा प्रयोग भएको सवारी साधनलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रुद्धपुरका प्रहरी निरिक्षक शिवराज ढुङ्गानाले बताए ।

नदि जन्य पदार्थ उत्खलन गर्ने ब्यहोराको पत्र आफुलाई नआएको र सो क्षेत्रमा अनुमति बिना उत्खलन गरिरहेको अबस्थामा भेटिएपछि भारी यन्त्र नियन्त्रणमा लिई जिल्ला समन्वय समितिमा कारवाहीको लागि पठाएको प्रहरी निरिक्षक ढुङ्गानाले बताए ।

यता नदि जन्य पदार्थ उत्खलनको लागि वन कार्यालयले कुनै अनुमति नदिएको कञ्चन सव डिभिजन कार्यालयका वन अधिकृत धनिश्वर न्यौपानेले बताए । पहिलो पटक आफुले थाहा पाए पछि अनुगमन गरेको तर गाडी फेला नपारे पछि आफु फर्केको बताए । सो लगत्तै आफुले वडा अध्यक्षलाई ठेक्का नलागेको नदि बाट नदिजन्य पदार्थ ननिकाल्न बताएको उनको भनाई रहेको छ ।

यता ईलाका प्रहरी कार्यालय रुद्रपुरले जेठ ५ गते च.न. ६४९को पत्र मार्फत कार्वाहीको लागि जिल्ला समन्वयन समितिलाई कार्वाहीको लागि सिफारिस पठाए पनि गाउँपालिका अध्यक्षको दवावमा जिल्ला समन्वयन समितिले बिना कार्वाही उक्त भारी यन्त्रलाई छोडी दिनु भनि जिल्ला समन्वयन समितिको २०७६ जेठ ६ गतेको च.न. ११६३ पत्र मार्फत ईलाका प्रहरी कार्यालयलाई ठाडो आदेश दिएको छ ।

यसरी स्थानिय तहको मनमानीमा नदीजन्य पदार्थ उत्खलन भैरहदा भने नियमन र कार्वाही गर्ने जिम्मा पाएको जिल्ला समन्वयन समितिले बिना कार्वाही छोडी दिदा स्थानियहरु रुष्ट बनेका छन् ।

यस बारेका जिल्ला समन्वयन समितिका संयोजक एकराज बिश्वकर्मा संग बुझ्दा गाउँपालिकाका अध्यक्षले आग्रह गरेपछि उक्त भारी यन्त्रलाई कारवाही नगर्ने पत्र पठाएको बताए । आफुले पत्र पठाए पनि यदी अनियमिता भएको भए आबश्यक कार्वाही गर्ने बताए ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस