बुद्धजयन्तीको शुभकामना

 कपिलवस्तु । २५६३ औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

इसापूर्व ५६३ अर्थात आजभन्दा २५६३ वर्ष अघि लुम्विनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध विश्वशान्ति र मानव कल्याणका अग्रदुत हुनुहुन्छ । वुद्धले मानवकल्याण, अहिंसा र शान्तिको खोजीकालागि२९ वर्षको उमेरमाराजगद्दीको उत्तराधिकार सहित गृहत्याग गर्नुभयो ।

हिंसा र दुखको कारणको खोजीमा गृहत्याग गर्नु भएका सिद्धार्थ गौतम् वुद्धले भातृत्व र मानव कल्याणका लागि महान दार्शनिक विचारबाट समाजलाई दिक्षित गर्नु भयो । र,मानिसलाई सत्कर्मको बाटोमा हिडाउन सफलहुनु भयो । वुद्धका उपदेशआज स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधिभएका छन् ।

प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा धेरै स्थलहरु माटो मुनि दविएर रहेका छन् । ती सम्पदास्थलको अन्वेषण गर्दै मानवजातिको अमुल्यनिधिका रुपमा संरक्षित गर्नु आफ्नो कर्तव्य ठान्दछौ ।

साथै यस अवसरमा वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा,अरौराकोट, सग्रहवाको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको छ । त्यसका लागि पनि हामी योजनाबद्ध रुपले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।

संसारमा दुःख छ ,दुःखको कारण छ र दु:ख निवारण गर्न सकिन्छ भन्ने वुद्धको शिक्षाबाट प्रेरणा लिदै यस प्रदेशको गरिवी, पछौटेपन र अविकासको अवस्था सदाका लागि अन्त्य गर्न  विकास र समृद्धिको बाटोमा अघि वढ्नु जरुरी छ । प्रदेश सरकारले सोही उद्देश्य अनुरुप समृद्ध प्रदेश खुसी जनताको संकल्प अघि सारेको छ । त्यो संकल्पलाई पूरा गर्न हामी योजनाबद्ध विकास यात्रामा अघि बढेका छौ ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने नाराका साथ आज लुम्बिनी भ्रमण वर्ष औपचारिक रुपमा शुभारम्भ गर्दैछ ।

लुम्बिनी र यो क्षेत्रकाबौद्ध सम्पदा स्थलमा हुने पर्यटन प्रवद्र्धन कार्यक्रमबाट राम्रो लाभ लिन सक्नुपर्छ । प्रदेश समृद्धिको मुख्यआधार पर्यटन विकास बनाएर प्रदेश सरकारले आफ्नो यात्रा अघि बढाइरहेको बेला पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी भ्रमण वर्ष कार्यक्रम निकै महत्वपूर्ण हुने अपेक्षालिएको छु ।
२५६३औ बुद्ध जयन्तीको अवसरमा पुनःसम्पूर्ण दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस