२६ औं मदन आश्रीत स्मृति दिवस कार्यक्रम

पाल्पा । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा २६ औं मदन आश्रीत स्मृति तथा एकता दिवसको अबसरमा रामपुरमा एक कार्यक्रम भएको छ ।

नेकपा जिल्ला कमिटी सदस्य राजुप्रसाद श्रेष्ठले मदन आस्रितको जिबनी सन्दर्भमा जानकारी गराउदै,सरकारका पछिल्लो समय गरेका कामका बारेमा जानकारी गराउनु भएको कार्यक्रम नेकपा नगर कमिटी अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको हो ।

मदन आश्रतित प्रतिष्ठानका सचिब बुद्धिराज गौतमको स्वागत बाट शुरु भएको कार्यक्रममा मुख्यपाहुना प्रदेश नम्बर ५ का प्रदेश कमिटी सदस्य टंकनाथ खनालले दक्षिण एशियाकै उदाहरणिय नेताको निधनले देश अहिले पनि शोकमा रहेकोमा जोड दिदै देशभरिका कम्युनिस्ट एक हुनुपर्छ भन्ने बिचारले सार्थकता पाएको बताउनु भएको छ ।

कार्यक्रममा उहाँले तत्कालीन नेता दोय मदन भण्डारी र जिवनाथ आस्रितको घटना रहस्यमय बन्नु दुखद रहेकोमा जोड दिनुभएको छ । रामपुर बेझाडमा भएको कार्यक्रम को संचालन नेकपा नगर कमिटी सचिब दामोदर पाठकले गर्नु भएको थियो । कार्यक्रममा लेखनाथ पाख्रेल,जनकराज ढकाल,पुर्ब अध्यक्ष राजेन्द्र प्रसाद लम्साल ,बुद्धिराज गौतम ,बन्दना पोख्रेल लगाएतले आफ्ना भनाइ राख्नु भएको थियो ।

सिर्जना घिमिरे

घिमिरे पाल्पा संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस