लागुऔषधसहित तीन पक्राउ

नवलपरासी ।  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपातीका २८ वर्षीय काशिमअली मुसलमान, १९ वर्षीय कुर्सेद मियाँ र ३१ वर्षीय तेजबहादुर कुर्मी रहेका छन् । उनीहरुको साथबाट एक ग्राम खैरो ब्राउनसुगर र नौ ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । रासस

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस