प्रहरीमाथि आक्रमण, गोली लागेर १ भारतीय नागरिकको मृत्यु

रुपन्देही । रुपन्देहीको शंकरपुरमा प्रहरीमाथि गएराती  आक्रमण भएको छ।

भारतबाट हतियारसहित छिरेका ब्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा त्यहाँ ड्युटीमा बसेका प्रहरीमाथि आक्रमण भएको हो।

पक्राउ गर्ने क्रममा उनीहरु चिच्याएपछि भारतबाट आएको अर्को समुहले प्रहरीमाथि लाठी प्रहार गरेका थिए। आक्रमणबाट ३ जना प्रहरी घाइते भएका छन्। प्रहरी तेजबहादुर कुँबर, प्रेमबहादुर आले र विक्रम मल्ल घाइते भएका हुन्।

प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले हवाइ फायर समेत गरेको थियो। प्रहरीमाथि नै पेस्तोल ताकेपछि भारत महाराजगंजका झिनक धोबी अटोमेटिक पेस्तोलसहित पक्राउ परेको रुपन्देहीका डिएसपी धर्म भण्डारीले जानकारी दिए।

प्रहरीको गोली लागेपछि भारत भागेका महाराजगंज सुनौली थानाका दिलिप धोबीको मृत्यु भएको हो। उपचारको क्रममा भारतमा नै मृत्यु भएको  रुपन्देहीका डिएसपी भण्डारीले जानकारी दिए।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस