जेष्ठ महिलाको झुण्डिएर मृत्यु

कञ्चन । जिल्ला रुपन्देही कञ्चन गाउपालिका वार्ड नं.३ स्थित झारगैरामा एक जना जेष्ठ महिलाको झुण्डिएर मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ६० बर्षिय लक्ष्मी खत्री भएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ। छिमेकी एक जना बालकले खत्रीको घर तिर जाने क्रममा आफ्नै घरको पालीमा रहेको डाडोमा डोरीले पासो लगाई झुण्डिएको देखेपछि स्थानियहरुले प्रहरी प्रशासनलाई खबर गरि आवस्यक अनुसन्धान तथा पोष्टमार्टमकको लागि लुम्बिनी अञ्चल अस्पताल,बुटवल पठाइएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।

श्रीमान गएको ६ महिना अगाडी नै आफ्नै काल गतिले मृत्यु भैसकेको र दुइ छोरा एक छोरी मध्ये जेठो छोरो भारतमै रहेको र कान्छो छोरो घर नजिकै मलावरदेबीमा होटल संचालन गर्दै आएका छन भने एकमात्र छोरीको पनि भारतमै बिबाह भएको र निज खत्री श्रीमानको मृत्यु पश्चात घरमा एक्लै बस्दै आएका थिए ।

मधुमेहका बिरामी खत्रीको गए सांझ करिब ८:३० बजेको समयमा सो घटना भएको इलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस