करेन्ट लाग्दा १ हात १ खुट्टा चूढियो

गैडहवा । रुपन्देहीको गैंडहवामा बिग्रीएको विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा नेपाल विद्युत प्राधिकरणको अमुवा प्रसारण शाखामा कार्यरत कर्मचारी गम्भिर घाईते भएका छन् ।

गैंडहवा गाउंपालिका वडा नंं ८ मैनहियामा रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा प्रशारण शाखा अमुवाबाट एक्कासी लाइन प्रवाह गर्दा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि तिलोत्तमा नगरपालिका वडा नंं १४ का गुरुदत्त चौधरी गम्भिर घाईते भएको स्थानीय रबिन्द्र प्रताप यादबले जानकारी दिएका छन ।

विद्युत प्रवाह बन्द गरी ट्रान्सफर्मर मर्मत गरिरहेको अवस्थामा एक्कासी विद्युत प्रवाह सूचारु गरिदिएका कारण उक्त घटना घटेको यादबले जानकारी दिएका छन ।

ट्रान्सफरमरमै काम गरिरहेको अवस्थामा स्थलगत प्राबिधिक संग कुनै समन्वय नै नगरी एक्कासी विद्युत लाईन जोडेपछि चौधरी दश मिनेट भन्दा बढि समय पोलमाथी नै अड्किएका थिए ।

गम्भिर अवस्थामा उद्धार गरिएका चौधरीलाई युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका लागि लगिएको ईलाका प्रहरी कार्यलय सुर्यपुराले जानकारी दिएका छन । प्रहरीका अनुसार चौधरीको एउटा हात र एउटा खुट्टा चुडिएको छ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस