विदेश र युवतीको चक्करः ठक्करै–ठक्कर

बुटवल । श्रीमतीले आत्माहत्या गरेको खबर सुने पछि गुल्मी शान्तिपुर गाउँका २७ बर्षिय रेशम राना मंगलबार बिहान कतारबाट घर आई पुगेका छन ।

गत आईतबार उनले कतारबाट श्रीमतीलाई पठाएको एक लाख रुपैयाँ श्रीमती सरस्वती रानाले बैंकबाट निकालेकी थिईन ।

१८ बर्षिया सरस्वती गुल्मी कै मुसिकोट नगरपालिका –७ वामी बसेरीस्थिति माईती घरमा थिईन र त्यहीबाट उक्त रकम निकालेर अर्को दिन झुण्डिएको अबस्थामा मृत फेला परेकी थिईन ।

उनीहरु बिच एक बर्ष अघि मात्र प्रेम बिबाह भएको थियो । सरस्वतीले कक्षा ९ मा पढ्दै थिईन । रेशम र उनकी जेठी श्रीमति बिच सम्वन्ध विच्छेद हुन साथ उनले सरस्वती संग दोश्रो बिबाह गरेका थिए ।

‘जेठी श्रीमती संग पनि प्रेम बिबाह भएको थियो रेशमले भने–‘ उनलाई बिबाह गर्दा सुनका गहना सहित तीनचार लाख खर्च भयो, आखिर उनी पुर्व प्रेमी संगै गईन, अहिले दोश्रो बिबाह गरेकी सरस्वती आफै आत्माहत्या गरिन वा के भयो ? मैले बुझ्नै सकिन । ’

उनी थप्छन –‘ तिन बर्ष पछि घर आई फेरी कतार गएको १० महिना भएको थियो यस बिचमा सरस्वतीलाई एक पटक ७५ हजार , दोश्रो पटक १५/१५ हजार गरि ३० हजार र पछिल्लो पटक अँस्ती एक लाख रुपैयाँ पठाएको थिएँ । बिदेश बसेको चार बर्ष भयो एक पैसाको टुङ्गो छैन , न श्रीमतीको साथ नै रह्यो । ’

उनका अनुसार बाग्लुङ्ग बोहरा गाउँकी पहिलो युवती संग फेशबुक मार्फत प्रेम सम्वन्ध रहेको थियो । बिबाह गरि ल्याएको एक बर्ष सम्म उनी घरै थिए र राम्रै सम्वन्ध थियो । जब उनी बिदेश हिडे त्यस पछि श्रीमतीले फेशबुक आईडी बदलेर श्रीमान संग टाढिदै पुर्व  प्रेमी संग निकटता बढाउँदै गईन ।

अन्ततः दुई तोला सुनका गहना र करिव ३ लाख भन्दा बढि रकम फगत खर्च भयो तर उनी पुर्व प्रेमी संगै हिडिन । त्यस पछि नजिकका आफन्त मार्फत वामीमा कक्षा ९ मा पढ्दै गरेकी सरस्वतीले साथ दिन तयार भईन । प्रेम बिबाह गरेर करिब साढे दुई महिना संगै बसे उनीहरु ।

रेशम भन्छन–‘ त्यो साढे दुई महिना पनि पुरा बस्न पाईएन । त्यस बिचमा उनी माईत आई रहन्थीन । अन्ततः दुबै दाम्पत्य जिवन मेरो असफल भयो । बिदेश र धोकेबाज युवतीका कारण निकै ठक्कर खाएँ । मैले जस्तो ठक्कर र पिडा अरुले खेप्न नपरोस । ’

दुई युवतीबाट बिल्लीबाँठ भएका उनले चार बर्षको बिदेशको कमाई एक पैसा जोगाउन नसकेको बताउँदै अब भने जिवन संगिनी मोहबाट बितृष्ण जाग्न थालेको सुनाए । मृत्यु हुनको साँझ सरस्वती आमाको फोन मार्फत हाँशी खुशी श्रीमान संग कुराकानी गरेकी थिईन ।

अर्को दिन झुण्डिएर मृत्यु भएको खबर बिदेशमा रहेका सरस्वतीका बाबुले नै ज्याँईलाई दिएका थिए । सरस्वतीको शव पोष्टमार्टम गरि परिवारजनलाई बुझाई सकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता डिएसपी मिनबहादुर घलेले बताए ।

बैदेशिक रोजगारको कमाई अनउत्पादक क्षेत्रमा खर्च भएको र बिकृति बिसंगति समेत बढेको प्रति सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन ।

प्रेम सुनार

सुनार अतिथि सम्पादक हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस