बुटवलमा जितगढी उत्सवको र्‍याली

बुटवल । आज (शनिबार) बुटवलमा अंग्रेजलाई २ सय ४ वर्षअघि पराजित गरेको खुसियालीमा जितगढी उत्सव मनाइदै छ ।

वि.सं. १८७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको थियो । सोही ऐतिहासिक दिनलाई विजयोत्सव दिवसका रुपमा बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि भव्य रुपमा जीतगढी उत्सव मनाउन सुरु गरेको हो ।

नगर प्रमुख शिवराज सुवेदीले विजयोत्सवको दिन आज जितगढी किल्ला परिसरमा निर्माण गरिएको कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने र शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्ने कार्यक्रम रहेकोजानकारी दिए ।

कर्णेल उजिरसिंहको शालिक अनावरण र झण्डोत्तोलन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाण, नेकपा महासचिव बिष्णु पौडेललगायतका शीर्ष नेता केहीबेरमा बुटवल आउदैछन ।

र्‍याली जितगढी किल्लामा पुगेर बिशेष समारोहमा परिणत हुने छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस