भैरहवा भन्सारमाथि अख्तियारको छानबिन

भैरहवा । अख्तियारले हिजो (मंगलबार) बेलहिया स्थित भैरहवा भन्सार कार्यालयका कागजात तथा फाईल  नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलिले ति कागजताहरु नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयमा भन्सार चुहावट हुने तथा सेवाग्राहीहरु संग कर्मचारीहरुले आर्थिक लाभ लिने गरेको गुनासो बढेपछि अख्तियारको टोलि मंगलबार दिउसो भन्सार कार्यालयमा पुगेर कागजात नियन्त्रणमा लिएको छ ।

अनियमितताको हुने गरेको सुचनाका आधारमा टोली छापामार्न गएको आयोगको बुटवल कार्यालयका सुचना अधिकृत सुरेश भुसालले बताए।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस