नयाँ वर्षमा विपन्नलाई झुल वितरण

बुटवल । नयाँ वर्षको अवसरमा जितगढी टोल विकास संस्था बुटवल–१ ले टोलका विपन्न तथा गरिब परिवारका सदस्यलाई झुल वितरण गरेको छ ।

संस्थाले नयाँ वर्षको अवसरमा हिजो (सोमबार) शुभकामना तथा भित्तेपात्रो विमोचनका साथै टोलका ३० जना विपन्न तथा गरिब परिवारलाई झुल वितरण गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा नं १ का अध्यक्ष महेन्द्र प्रसाद लिगल, बटौली संरक्षण सम्बद्धर्न समितिका अध्यक्ष रबिन्द्र गोपाल लाकौल, बुटवल सामुदायिक बन उपभोक्ता समुहका संयोजक महेन्द्र राजभण्डारी, निवर्तमान अध्यक्ष नरेन्द्र बस्नेतले झुल वितरण गरेका थिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस