‘भुमि व्यवस्थापनको काम छिट्टै हुन्छ’

पाल्पा । देशभर अव्यवस्थीत रुपमा रहेको जग्गा अब व्यवस्थीत गर्दै लैजाने भुमिव्यवस्था गरिवि सहकारी तथा गरिवी निवारण मन्त्रि पद्मा अर्यालले बताउनुभएको छ ।

आज पाल्पाको रामपुरमा नवनिर्मित मालपोत तथा नापि कार्यालयको उद्घाटन गर्दै मन्त्रि अर्यालले अव्यवस्थीत रुपमा रहेको जग्गा व्यवस्थीत बनाउने कार्य पाल्पाको रामपुरबाट शुरुवात गर्ने समेत दोहोर्याउनुभयो ।

उहाँले मालपोत र नापी कार्यालयमा कर्मचारी अभाव भएको स्वीकार्दै देशभर रहेका २ सय ६५ नापी तथा मालपोत कार्यालयमा कर्मचारी समायोजनको काम भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्रि अर्यालले मालपोत र नापी कार्यालयमा हुने भष्टाचार नियन्त्रणका लागी स्थानिय तहसँगको पहलमा सँयन्त्र निर्माण गरिने बताउदै जग्गा कित्ताकाट सँग जोडिएका वेथिति अन्त हुने बताउनुभयो ।

कार्यक्रममा उहाँले देशभरका कार्यालयमा दक्ष जनशक्तिको अभाव झेल्नुपरेकोमा जोड दिदै नापी र मालपोत कार्यालयमा प्रविधिको पहुँच वढाएर सेवा दिने समेत स्पष्ट पार्नुभयो ।

प्रदेश नम्बर ५ को रामपुर पाल्पा र प्रदेशनम्बर ४ को चापाकोट स्याङ्जा क्षेत्र नदिले छुट्ट्याएपनि विकासमा हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । देशमा समृद्धि ल्याउन आराम पनि नगरेर काम गरेको मन्त्रि अर्यालको भनाई छ ।

सिर्जना घिमिरे

घिमिरे पाल्पा संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस