पर्रोहा परमेश्वरको १६ औं वार्षिक उत्सव तथा अधिबेशन

सैनामैना । पश्चिमको पशुपतिनाथ भनेर चिनिने पर्रोहा परमेश्वर बोलबम धामको विकासको लागि स्थानीय सरकारले विशेष चासो राख्नु पर्ने एक कार्यक्रममा बोल्ने बत्ताहरुले बताएका छन ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ मा रहेको धामको विकासमा स्थानीय सरकारमा प्रशस्त मात्रमा बजेट आउँने भएकाले विशेष ध्यान स्थानीय सरकारले दिनु पर्ने बक्ताहरुको भनाई छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको धामको विकासमा स्थानीय सरकारले विशेष चासो दिनु पर्ने धामका प्रमुख संरक्षक ब्यास आचार्य किशोर कुमार गौतमले बताउँनु भएको छ ।

पर्रोहा परमेश्वर बोलबम धामको १६ औं वार्षिक साधरण सभा तथा अधिवेशनको प्रमुख अथिती समेत रहनु भएका उहाले स्वंयम उतपत्तीमान शिव ज्योर्तिलिङ्ग भएकाले भक्तजनको आस्थाको केन्द्र रहेकाले यस क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना भएको बताउँनु भयो । यसको प्रचार प्रसार र विकासको लागि तिनै सरकारले चासो राख्न जरुरी रहेको गौतमले बताउँनु भएको छ ।

त्यस्तै नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्माले धामको विकासको लागि स्थानीय तहको मुख्य भूमिका रहेपनि विकासमा चासो नदिएको आरोप लगाउनु भयो ।

बोलबम धाम सम्म आउन सडक समेत मर्मत हुन नसक्दा भक्तजनले सास्ती खेप्नु परेका उहाको भनाई छ । नेकपाका नेता खुशीराम चौधरीले सरकारले प्रशस्त बजेट पारेर धामको विकास र प्रचार प्रसार गर्न जरुरी रहेको बताउँनुभयो ।

धामका अध्यक्ष खुशीराम चौधरीले धामको विकासमा सबै पक्ष लाग्नु पर्ने बताउँदै प्रचार प्रसार गर्न सके नेपाल लगायत विदेशबाट समेत भक्तजन आउँने बताउँनुभयो ।

कार्यक्रममा अजुर्न धमाल , विष्णु मुराउ , प्रेम बहादुर बानिया , रामकृष्ण अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की , उपमेयर बिना राना , वडा अध्यक्षहरुलाई निमन्त्रणा गरेपनि कार्यक्रममा उपस्थिती नजनाएकोमा आयोजकले गुनाशो पोखेका थिए । धामको बैशाख १४ गते शनिबार नया कार्यसमित गठन हुने भएको छ ।

जगिलाल थापा

थापा रुपन्देहीका संवाददाता हुन् ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस