गुल्मीमा १८ बर्षिया रक्षाको हत्या आशंका

बुटवल । विवाह भएको एक बर्ष नपुग्दै शुक्रबार गुल्मीमा १८ बर्षिया युवतीको शव घर नजिकैको पानी ट्याङकीमा फेला परेको छ ।

गुल्मीको रुरु गाउँपालिका वडा नम्वर ४ बलेटक्सार रानीवास स्थित विक्रम सुनारकी १८ बर्षिया श्रीमति रक्षा सुनारको उनकै घरमा रहेको आकाशे पानी संकलन गर्ने ट्याङकीमा रहश्यमय अवस्थामा शव फेला परेको हो ।

अर्घाखाँचीको पाडेनी गाउँपालिका ५ मैदान स्थित उनका माईतीजनले उनको परिवार कै सदस्यबाट हत्या भएको आशंका गरेका छन । बिहिबार साँझ मात्रै छोरी रक्षाले फोन गरेर बाबा मलाई लिन आउनुस म यहाँ बस्न सक्ने अवस्था भएन भनेर भनेको उनका पिता फर्शुराम सुनार । ९गोपी ० ले बताए ।

रक्षाले सन्धीखर्कमा रहेकी दिदी रोखा सुनारलाई समेत रुँदै फोन गरेर आफुलाई घरमा गाली गलौज गरेर बस्न नसक्ने भएँ भन्दै फोन गरेको परिवारजनले बताएका छन् । उनले बिहिबार  साँझा आफ्नी आमालाई पनि फोन गरेर आफ्नो अवस्था बताउँदै बाबालाई लिन पठाई दिनुस भनेको सुनार परिवारले जानकारी दिए ।

‘एक्कासी शुक्रबार  बिहान करिव १० बजे तिर मलाई फोन गरेर तपाईकी छोरी बिरामी परेर सिरियस छन भनियो , पछि उनका अर्का आफन्त मार्फत ट्याङकीमा डुबेर ज्यान गएको भने पछि उनि डुबेर मर्नैै नसक्ने देखेर घटनास्थल हेर्न आई पुगेको हुँ, –रक्षाका बाबुले भने–‘त्यति अग्लो र गोलो ट्याङकीमा उक्लीने ठाउँ नै छैन , कहाँबाट माथी पुगिन छोरी ? यदि पानी झिक्न उक्ले कै भए पनि पानी झिक्ने बाल्टी वा कुनै भाँडा त्यस भित्र डुब्नु पर्ने कुनै भाँडा छैन । ’

बाबु गोपीका अनुसार गत बर्ष मंसिर २९ गते रक्षाको विक्रम संग मन्दिरमा विवाह भएको थियो । दुबै परिवार बिच विधिवत विवाह अर्थात ढोग–भेटा गरिएको छैन ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस