देश डुबानमा सरकार मौन

रौतहट । लगातार परेको वर्षाको निकास नहुँदा रौतहटको गौर बजार डुबानमा परेका छन्। दशगजा क्षेत्रमा भारतीय पक्षले लगाएको बाँधका ढोका खोल्न नमान्दा गौर डुबानमा परेको हो।

प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरक्षा समिति बैठक, जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक राख्न पनि समस्या भएको बताउनुभयो।

‘एक ठाउँबाट अर्को ठाउँमा सहजै जान सक्ने अवस्था छैन,’ उहाँले सेतोपाटीसँग भन्नुभयो, ‘सुरक्षा समिति बैठक बस्ने भनेको कार्यालय प्रमुखहरू एक ठाउँमा भेला हुनै गाह्रो भयो।’

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रजिअ एकै ठाउँमा भेला हुन नसक्दा सुरक्षा समिति बैठक बस्न सकेको छैन।

‘डुंगा चढेर बैठक स्थल जाने तयारीमा छु,’ उहाँले सेतोपाटीसँग भन्नुभयो, ‘बारिएको पानी घाँटीसम्म आइसकेको छ।’तर भारतीय पक्षले बाँध खोल्न ढिलाइ गरेको उहाँ बताउनु हुन्छ।

‘मैले हिजोदेखि पटक(पटक बाँध खोलिदिन आग्रह गरेको हुँ,’ उहाँले भन्नुभयो, ‘बाँध खोल्ने हो भने पानी घट्छ।’

भारतसँग कुराकानी गरेर बाँध खोल्न प्रधानमन्त्रीले पनि पहल गर्नुपर्ने उहाँको भनाइ छ। बाँध फुट्यो भने भारतीय बजार सिन्धुलिया, बर्गेनिया, भकुरहरलगायत क्षेत्र डुबानमा पर्छ।

बागमती र बकैया नदीका बाँध ठाउँ(ठाउँमा फुटेर भेल बस्तीमा पसेको छ। बाढीले सडक, पुल भत्काएको छ, भने बिजुलीका पोल तथा टावरहरूमा क्षति हुँदा सञ्चार सम्पर्क पनि टुटेका छन्।

बाढीपहिरोमा परी मर्ने संख्या २१ पुग्‍यो, १० अझै बेपत्ता

गौरमा १५ फिटसम्म पानीः २५ सय विस्थापित, ४६ राँगा(भैसी बागमती नदीले बगायोलगातारको वर्षाका कारण रौतहट जिल्लामा १५ फिटसम्म पानी जमेको छ। जिल्ला सदरमुकाम गौरको बोडरमा १५ फिटसम्म पानी जमेको हो ।

लगातारको बर्षाले रौतहटको सदरमुकाम गौर लगायत सबै स्थानीय तहको जनजीवन भयाबह बनेको छ । रौतहटको पूर्वतर्फ भएर बग्ने बागमती नदि र पश्चिम भएर बग्ने लाल बकैया नदीको बाँध फुटदा सदरमुकाम गौर पुरै डुवानमा परेको छ ।

डुवानले गर्दा गौरको प्रहरी भंसार सुरक्षा गार्डको कार्यालयको छाना मात्र देखिएको छ भने भुई तल्लाको भाग डुविसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यस्तै कारागारको पहिलो तला समेत डुवानमा परेको छ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण पनि डुवानमा परेको छ । सदरमुकाम गौर बाट अन्य स्थानीय तह जोडने सडक सबै अबरुद्ध भएपछि डुवानमा फसेकाहरुको उद्धारमा समस्या उत्पन्न भएको छ । गौरको ब्यबसायीहरुको सामान सबै पानीले भिजेको छ ।

भारतीय सिमा जोडिएका नाकामा पानीको सतह बढेको कारण त्यहाँ स्थापित प्रहरी चौकी ब्रम्हपुरी बसतपुर, प्रहरी चौकी औरैया, भंसार सुरक्षा गार्ड प्रहरी कार्यालय सुरक्षित स्थानमा स्थानन्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पानीको सतह बढदै जादा र डुवानले गर्दा रौतहटमा ४ सय ३२ घर भन्दा बढिका २ हजार ५ सय मानिस विस्थापित भएका छन ।

उनीहरुलाई बिद्यालय र आफन्तको घरमा शरण दिइएको छ । माधव नारायण नगरपालिका– ८ स्थित भोला महतोले संचालन गरेको बागमती कृषि तथा पशु फार्ममा पालिएको ४६ वटा राँगा भैसी बागमती नदीले बगाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस