विवादित गुठी विधेयक सरकारले फिर्ता लियो

काठमाडौँ । सरकारपक्ष सांसद द्धारा चर्कोआलोचना भएपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् ।

मन्त्री अर्यालले सरोकारवालासँग थप छलफल र परामर्श गर्ने उद्देश्यले विधेयक फिर्ता लिइएको प्रस्ट पारिन्। विधेयकको विषयलाई लिएर भ्रम सिर्जना गर्ने र शान्तिपूर्ण वातावरण खलबल्याउने परिस्थिति सिर्जना गरिएको भन्दै मन्त्री अर्यालले असन्तुष्टि पोखिन्।

संघीय संसद्‌मा दर्ता भएको गुठी विधेयक विरोधमा उपत्यकासहितमुलुकभर आन्दोलन चर्किएपछि सरकार पछि हट्न बाध्य भएको हो।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस