संसद बैठक सुरु हुने वित्तिकै स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधले मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने संसद बैठक सुरु हुने वित्तिकै स्थगित भएको छ । कांग्रेसको विरोधपछि संसदमा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली फर्किएका थिए ।

प्रधानमन्त्री भन्दा पहिले प्रमुख प्रतिपक्षि दलका नेता शेरबहादुर देउवाले संसदमा भनाई राख्न पाउनु पर्ने माग कांग्रेसले राखेको थियो ।

सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिले बोल्ने अवसर दिएपछि कांग्रेसले रोष्ट्रम घेराउ गरि संसदको प्रक्रिया नै अवरुद्ध भएको थियो ।

प्रधानमन्त्री ओली रोष्ट्रममा पुगेपनि कांग्रेस सांसदहरुको निरन्तरको नाराबाजी पछि सम्बोधन हुन सकेन् ।

कांग्रेसको लगातार विरोध भएपछि सभामुख कृष्णबहादुर महराले बुधबार दिउँसो ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस