नेपाली २२ वर्षे युवतीलाई दिल्लीमा सामूहिक बलात्कार

दिल्ली ।  नयाँ दिल्लीको द्वार्कामा चार पुरुषले २२ वर्षीया नेपाली युवतीलाई सामूहिक बलात्कार गरेको भारतीय मिडियालाई उद्धृत गर्दै साउथ एसिया डट कमले बताएको छ ।

केही मिडियाले २४ वर्ष बताइएकी ती युवती आफ्नो दाइलाई भेट्न गत शनिबार उनी मुम्बई गएकी थिइन् । रिपोर्टका अनुसार काठमाडौंकी ती युवती बसमार्फत् नयाँ दिल्ली पुगेकी थिइन् ।

त्यहाँबाट उनी मुम्बई जान रेल चढ्ने तयारीमा थिइन् । यद्यपी, ढिला स्टेशन पुगेका कारण उनको रेल छुट्यो । त्यसपछि उनी अब के गर्ने भनेर मानिसहरुसँग सोधपुछ गरिरहेकी थिइन् । त्यति नै बेला, एक व्यक्ति उनलाई सहयोगका लागि अगाडि आए ।

त्यसपछि उनले प्लेटफर्ममा बसिराख्न असुरक्षित हुने बताउँदै उनलाई नयाँ दिल्लीको द्वार्कामा लगेर बलात्कार गरेको स्रोतले बताएको छ । आफूले बलात्कार गरेपछि उनले आफ्ना अन्य साथीलाई पनि कुकृत्यका लागि निम्तो गरेको बताइएको छ ।

घटना हुनुअघि पीडितले मुम्बईमा भएका आफ्ना दाइलाई आरोपीमध्येका एकको फोनमार्फत् कुरा गरेकी थिइन् । पीडितका दाइलाई ती व्यक्तिको नाम र उनको फोन नम्बर थाहा थियो । उनले आरोपीको फोन नम्बर र नाम मुम्बई पुलिसलाई जानकारी दिइसकेका थिए ।

आरोपीले बलात्कारपछि पीडितलाई मुम्बई जाने रेलवे स्टेशनमा पुर्याइदिएको स्रोतले बताएको छ । मुम्बईमा दाइलाई भेटेपछि सोमबार उनीहरुले स्थानीय पुलिसमा उजुरी दर्ता गरे ।

युनाइटेड न्यूज एजेन्सीका अनुसार मुम्बईस्थित ओशिवारा पुलिस स्टेशनले नेपाली युवतीको उजुरी बुधबार दिल्ली पुलिसलाई हस्तान्तरण गरेको छ । एजेन्सी

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस