भियतनाम र कम्बोडियाबाट स्वदेश फर्के : प्रधानमन्त्री

काठमाडौँ । मन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार साँझ स्वदेश फर्केका छन ।

उनी गत बिहीबार भियतनाम र कम्बोडिया गएका थिए । प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भ्रमणबारे सञ्चारकर्मीसँग भने “भ्रमण अत्यन्त सफल भएको छ ।”

उनले भ्रमणका क्रममा दुई पक्षीय सम्बन्धका सारभूत पक्षहरूमा छलफल भएको चर्चा गर्दै लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय सद्भाव र सहयोग जुटाउन भ्रमणले महत्वपूर्ण अवसर प्रदान गरेको बताए । उनले दुवै देशका प्रधामन्त्रीले लुम्बिनीको भ्रमण गर्ने इच्छा समेत व्यक्त गरेको  जानकारी दिए ।

उनले भियतनाम नेपालबीच परम्परागत रुपमा रही आएको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा सहमति भएको बताए । उनले भ्रमणका उपलब्धिको चर्चा गर्दै कूटनीतिक राहदानी, सरकारी राहदानी वाहकलाई भिसा छुट गर्ने, परराष्ट्र मन्त्रालयहरुबीच दुई पक्षीय संयन्त्र स्थापना गर्ने र नेपाल तथा भियतनामबीच लगानी तथा व्यापार सम्झौता गर्नेसम्बन्धी आशयपत्र आदानप्रदान गर्ने जस्ता सम्झौतामा हस्ताक्षर भएको जानकारी दिए ।

उनले भने, “संसद्मा केही उत्ताउला, अमर्यादित, असंसदीय शब्दहरु प्रयोग भएका हुन्, ती डिलिट गरिएका हुन् । सभामुखले त्यसैलाई सङ्केत गर्नुभएको हो । संसद् मर्यादित थलो हो । मर्यादा राख्नुपर्छ ।”

उनले जनताबाट निर्वाचित राज्यका सर्वोच्च निकायमाथि नियोजित रुपमा अपमान गर्ने प्रवृत्ति बढिरहेको बताउनुभयो ।
उनलेभने, “सामन्ती संस्थाहुँदा त्यसको मर्यादा राख्नुपर्छ त्यसकाविरुद्ध बोल्नुहुन्न भन्नेहरु अहिले जनताबाट निर्वाचित लोकतन्त्रका आधारभूत संस्थाहरू, जननिर्वाचित मर्यादित राज्यका सर्वोच्च निकायमाथि अपमान गर्नु आफ्नो बहादुरी ठान्ने प्रवृत्ति देखापरेको छ ।”

उनले संसद्मा प्रस्तुत विधेयकमाथि छलफल र आवश्यकताअनुसार परिमार्जन गर्न सकिने अवस्थामा आवेशमा च्यातेर संसदीय गरिमा घटाएको बताए । उनले सरकारले हचुवाको भरमा विधेयक नल्याएको समेत स्पष्ट पारे ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहनु भएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, पूर्वसभामुख सुवास नेम्वाङले स्वागत गरेका थिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस