‘पार्टी एकताको बाँकी काम टुंगियो’

काठमाडौं । पार्टी एकताको बाँकि काम टुंगिएको सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन ।

अध्यक्ष दाहाले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोली (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकी काम पनि टुंग्याइएको घोषणा गरे ।

पार्टीको प्रदेश नम्बर ३ ले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताको बाँकी काम आइतबार बिहान नै प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको र त्यसलाई सोमबार घोषणा हुने गरी निर्णय लिन अपराह्न ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस