अस्पतालको शौचालयमा नर्सको शव फेला

जनकपुर । जनकपुरधामस्थित जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटल प्रालिमा १ जना नर्स पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

छिमेकी जिल्ला महोत्तरी घर भएकी करिब २५ वर्षीया रक्षा आले कर्मचारी आवासको शौचालयमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी हुन ।

शौचालयको फलामे पाइपमा सलले पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले कर्मचारी आवासमा बस्ने अरुले ढोका फुटाएर उनको उद्दार प्रयास गरेको बताए ।

उनले प्रारम्भिक अनुसन्धानबाट आत्महत्या जस्तो देखिएको बताए । आलेका आफन्त आइतबार आइसकेपछि शव पोस्टमार्टमका लागि अञ्चल अस्पताल लगिएको छ । उनका आफन्तले घटनाको छानविन गर्न माग गरेका छन ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस