चट्याङ लागेर बारामा ६ घाइते

बारा । बारामा हिजो (मंगलबार) साँझ बर्षासँगै परेको चट्याङ लागेर  ६ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जिल्लाको कलैया उपमहानगरपालिका–१३ धरान नगरस्थित महल इँटा उद्योगमा चट्याङ पर्दा उद्योगमा कार्यरत चार भारतीय मजदुरसहित ६ जना घाइते भएको जानकारी दिए ।

घाइते हुनेमा बाराको कोतवालीका नैमुद्दिन अन्सारी सोही स्थानकी ६० वर्षीया सल्मा खातुन, भारत बिहार सीतामढीका कलेश्वर राम, भन्टु पासवान, रामप्रवेश राम र जितन पासवान रहेका छन ।

घाइते सबैको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर मजदुर बस्ने छाप्रोमा आगलागीसमेत भएको थियो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस