एक सय गोही राप्तीमा छाडियो

चितवन । यस आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही राप्ती नदीमा छाडिएको छ ।

विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको हो । अन्दाजी पाँच वर्ष उमेरका गोही नदीमा छाडिएको उनले बताए । प्रजनन केन्द्रमा हाल ४०० हाराहारीमा गोही रहेका छन ।

खड्काका अनुसार यसै वर्षका बच्चादेखि ४० वर्ष उमेरसम्मका गोही प्रजनन केन्द्रमा रहेका छन । सोही प्रजनन केन्द्रमा हुर्काएर हालसम्म विभिन्न नदीमा एक हजार ४६५ गोहीलाई छाडिएको छ ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छाडिसकिएको छ । नदीमा गोही छाड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस