करेन्ट लागेर एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।

मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । प्रहरीका अनुसार उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । -रासस

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस