विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त

काठमाडौँ । लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति नेपाल प्रहरीले दुःख व्यक्त गरेको छ ।

यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा परी कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठप्रति प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गहिरो दुःख व्यक्त गरेका हुन ।

दुःखको घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै महानिरीक्षक खनालले शोक सन्तप्त परिवारजनमा धैर्यधारणा गर्नसक्ने क्षमता प्राप्त होस् भन्दै समवेदना व्यक्त गरेका छन ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस