‘बालुवाटारको जग्गा कृते गर्नेलाई पानी मुनी गएपनि सरकारले छोड्दैन’

तिलोत्तमा । बालुवाटारको जग्गा कृते गरी आफ्नो नाममा गराउनेलाई पानी मुनी गएपनि सरकारले नछाड्ने सुचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले  बताएका छन ।

तिलोत्तमाको मणिग्राम स्थित डिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा कृते गरी आफ्नो नाममा बनाउने जो सुकै मुख्य दोषिलाई सरकारले कारबाही गरी छाड्ने बताएका हुन ।

बालुवाटारको जग्गाका सम्वन्धमा आफुले नेकपा महासचिव बिष्णु पौडेल ठगिनु भयो र सरकारले क्षतिपुर्ति दिनुपर्छ भनेर नभनेको मन्त्री बास्कोटाले स्पष्ट पारे ।

मन्त्री बास्कोटाले भने “उहाले तेश्रो पक्षबाट जग्गा लिनुभएको रहेछ, उहालाई सरकारले क्षतिपुर्ति दिने होइन जो संग किन्नु भएको हो उसैले हो क्षतिपुर्ति दिने , सरकारले क्षतिपुर्ति तिर्दैन र दिने पनि भनेको छैन ।”

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस