भरुवा बन्दुक पड्कदा १ को मृत्यु

सोलुखुम्बु । भरुवा बन्दुक पड्किँदा सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका – ४ मा  एक युवकको ज्यान गएको छ।

प्रहरी निरीक्षक प्रदीप सुवेदीले काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले आइतबार साँझ बन्दुकमा गोली भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको  जानकारी दिए।

उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव गृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस