‘मुलकलाई सबैखाले आतंकवादबाट मुक्त गराइनेछ’

काठमाडौं । सबैखाले अतिवाद, अशान्ति, आतंक र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन ।

लामो द्वन्द्व र संक्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुस्चक्र किमार्थ स्वीकार्य हुन सक्दैन भन्दै अतिवाद र अशान्तिबाट मुलुक छिटै मुक्त हुने उनको भनाइ छ।

शान्तिपूर्ण विरोध र असहमतिलाई संविधानले नै प्रत्याभूत गरेको उल्लेख गर्दै उनले भने, ‘अवाञ्छित प्रतिगामी प्रयास र संविधानविरोधी गतिविधि कडाइका साथ नियन्त्रण गरिनेछ, यसलाई बुझेर पनि बुझ पचाउने काम नगर्न, राजनीतिक रंग दिएर हिंसालाई उचित नठहर्याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकरिझ्याइँको बाटो नअपनाउन म सबैलाई हार्दिक आग्रह गर्दछु।’

नयाँ वर्ष २०७६ का अवसरमा आइतबार बिहान देशवासीका नाममा सम्बोधन गदै प्रधानमन्त्री ओलीले समृद्धिको अर्को पूर्वसर्त शान्ति भएको चर्चा गरे। उनले वितेका वर्षमा मुलुकले राजनीतिकरूपमा महत्वपूर्ण उपलब्धि हासिल गरेको समेत दाबी गरे।

उनले घरजग्गा कारोबार, संगठित तस्करी, भन्सार/अध्यागमनको विषय वा हुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छि/अनुचित कामको छानबिन जारी रहेको बताए।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस