सिद्धबाबा क्षेत्र छल्दै बैकल्पिक सडक खोलिने

पाल्पा, मसिर ।  मृत्युमार्गको संज्ञा पाएको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउपालिकाको दोभान अन्तरगत सिद्धबाबा क्षेत्रको बैकल्पिक सडक खोलिने तयारी भएको छ ।

सिद्धबाबा क्षेत्रमा पटक पटक ढुङ्गा सहितको पहिरो खस्दा वर्षेनी मानवीय क्षति भएपछि बैकल्पिक सडक खोल्न अवस्थामा जिल्लाबासी पुगेका छन् । सुरुङमार्गको काम ढिला हुने भएपछि बैकल्पिक सडक खोल्ने तयारीमा रहेका हुन । यस आवको अन्तिमसम्म काम पुरा हुने गरी बजेटको व्यवस्था गरिएको छ ।

पाल्पा–बुटबल सडक खण्डको विकल्पमा रुपन्देहीको चरङ्गे मुडाबास चौकीभञ्ज्याङ, ज्यामिरे, झुम्सा सडक यसवर्ष खोलिने भएको छ । पाल्पाको झुम्सादेखि चौकी भञ्याङ्ग गाडी सञ्चालनमा रहेपनि रुपन्देहीतर्फको चौकीभञ्याङ्गको मुडाबास गाडी सडक विस्तारका हुन सकेको छैन । झण्डै सात किलो किलोमिटरको काम पुरा भएको छ । रुपन्देही क्षेत्रको काम बाँकी रहेकोले समन्वय गरी अघि बढ्ने छन् ।

बैकल्पिक सडक विस्तारका लागि पाल्पाको तिनाउ गाउपालिकाले ३० लाख, तानसेन नगरपालिकाले २० लाख, रिब्दीकोट गाउपालिकाले दश लाख सहयोग गर्ने तिनाउ गाउपाकिालका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो । चालु आवमा सडक विस्तारको काम पूरा हुने गरी काम अघि बढ्ने बताइएको छ ।

पाल्पा अन्य स्थानीय तहले पनि बैकल्पिक सडक निर्माणका लागि बजेट विनियोजन गर्ने तयारीमा रहेको अध्यक्ष घर्तीले जानकारी दिनुभयो । रुपन्देही जिल्लाको देवदह नगरपालिकाले आफ्नो क्षेत्रमा काम अघि बढाउन आवश्यक सहकार्य भइरहेको घर्तीले बताउनुभयो ।

यस आवको अन्तिमसम्म पाल्पा बुटबलका सवारीसाधन यही मार्ग हुर्दै सञ्चालनमा आउने छन् । सिद्धबाबा क्षेत्रमा पहिरो रोक्न र मानवीय क्षति काम गर्न सुरुङमार्ग अन्तिम लक्ष्य हो ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस