स्वास्थ्य परिक्षणका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

बुटवल।प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गराएका छन्।सिंगापुरमा उपचार गरेर साउन २० गते नेपाल फर्किएका प्रधानमन्त्री ओली साधारण फलोअपका लागि बुधबार बिहान शिक्षण अस्पाल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन्।

‘सिंगापुरबाट फर्किएपछि सामान्य फलोअपका लागि प्रधानमन्त्री अस्पताल पुग्नुभएको हो अहिले बालुवाटार फर्किसकेर पार्टी बैठकहरुमा सक्रिय हुनुहुन्छ,’ प्रधानमन्त्रीको निजि सचिवालय स्रोतले सेतोपाटीसँग भन्यो।

सिंगापुरमा प्लाज्मा फेरिसस प्रक्रियाबाट उपचार गराएपछि प्रधानमन्त्रीलाई केही दिनका लागि एन्टिबायोटिक चलाइएको र त्यसले सामान्य कमजोरी महसुस गराउने उनी निकट स्रोतले बताएको छ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस