बस र ट्रक ठोकिदा १५ जना घाईते, २ को अबस्था गम्भीर

कावासोती । नवलपुरको डण्डामा बस र ट्रक एक आपसमा ठक्कर खादा १५ जना घाईते भएका छन् । ती मध्य २ जनाको अवस्था गम्भीर रहेको छ ।

कावासोती नगरपालिका वडा नम्बर १६ स्थित पत्थरखोलामा आज (बुधबार) दिउँसो पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ग १ ख ७६६५ नम्वरको ट्रक र बिपरीत दिशाबाट गईरहेको लु २ ख १६७६ नम्वरको बस  एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

गम्भीर घाईते भएका दुबै सवारी साधनका चालकलाई मध्यबिन्दु जिल्ला अस्पतालबाट थप उपचारका लागी भरतपुर रिफर गरिएको छ ,भने बाँकी घाईतेहरुको जिल्ला अस्पताल डण्डामै उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारिले जानकारि दिनुभएको छ । दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान भैरेहको प्रहरीले जनाएको छ ।

बुटवलबाट संचालित प्रदेश ५ को लोकप्रिय अनलाइन अखबार न्यूज डटकम २०७४ पौष ७ देखि सञ्चालनमा आएको हो ।

प्रतिकृया दिनुहोस